सोसल मिडिया
Contact Us
युनिकोड
हरिसिद्धि (ललितपुर) । ललितपुर महानगर २८ नं वडा कार्यालयले चालु आर्थिक वर्षदेखि सुत्केरी पोषण वितरण तथा भेटघाट कार्यक्रम सुरु गरेको छ । वडाअध्यक्ष वीरेन्द्र महर्जनले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । वडा कार्यालयले सामाजिक विकासतर्फ महिला बालबालिका तथा समाजकल्याण उपक्षेत्रमा सुत्केरी भत्ता कार्यक्रमका लागि विनियोजित बजेटबाट सुत्केरी पोषण वितरण तथा भेटघाट कार्यक्रम सुरु गरेको हो। कार्यपालिका सदस्य तथा वडा सदस्य शरणलक्ष्मी महर्जनले हालसम्म वडाका ७ जना सुत्केरी महिलालाई घरमै गएर सुत्केरी पोषण वितरण गरिएको जानकारी दिनुभयो । वडा कार्यालयले सुत्केरी पोषण कार्यक्रममा हर्लिक्स, ध्यु चाकु, एक क्रेट अण्डा, मिश्री आधा केजी, ध्यू चाकु नदिएकाहरुलाई १ लिटरको तोरीको तेल प्रदान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भएको खबर पाएपछि वडा कार्यालयले पोषण वितरण गर्ने वडाअध्यक्ष महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो ।