सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास

बुधबार, माघ २, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । जनमत पार्टीलाई पनि विपक्षी दलहरूको बैठकमा सहभागी गराउने प्रयास थालिएको छ । संयुक्त वक्तव्य सार्वजनिक गर्नेगरी भोलि ९बिहीबार० पनि विपक्षी दलहरूको बैठक बस्दैछ । आज बसेको विपक्षी दलहरूको बैठकमा अन्य साना दलहरूलाई पनि समेट्ने प्रयास भइरहेकोबारे एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार नेपाल मजदुर किसान पार्टी, जनमोर्चा, जनमत पार्टी, जनता समाजवादी पार्टी, लगायतका दलहरूलाई विपक्षी मोर्चामा सहभागी गराउने पहल भइरहेको अध्यक्ष नेपालको भनाइ थियो । नेपालको भनाइ उद्धृत गर्दै ती नेताले बताए अुनसार, राउत विपक्षी दलहरूको बैठकमा सहभागी हुने कुरामा सकारात्मक छन् । तर, मधेश प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीले गरिरहेको कारण उनी अलमलमा देखिएको ब्रिफिङ नेपालले गरेका थिए । ‘सीके राउतजी पनि सकारात्मक हुनुहुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तर मधेशमा आफ्नो पार्टीबाट मुखयमन्त्री भएकाले अलमलमा देखिनुहुन्छ ।’

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार