उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं : माधव नेपाल

बुधबार, माघ २, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने भनाइ उनले राखेका थिए । ‘अन्तर्राष्ट्रिय परिस्थिति र नेपालभित्रकौ परिस्थितिले पनि उथलपुथलको सम्भावना छ । असन्तुष्टि भित्रभित्रै चरम रुपमा बढेको छ,’ अध्यक्ष नेपालले बोलेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसलाई विपक्षी दलहरू मिलेर राजनीतिक रुपमा सेटल गर्नुपर्छ । अन्यथा अर्को लाइनमा जान सक्छ । मुलुकमा अर्को अप्ठेरो आउनसक्छ ।’ संविधान संशोधन, धार्मिक गतिविधि, शासकीय स्वरुप लगायतका विषयमा गम्भीर हुनुपर्ने भन्दै उनले सबै विषयलाई एउटै डालोमा हालेर मुलुकलाई अर्को ट्रयाकमा लाने प्रयास हुनसक्ने बताए । ‘धेरैवटा विषयलाई एउटै डालोमा हालेर लिने प्रवृत्ति बढेकाले पनि मुलुक अर्को ट्र्याकमा जानसक्छ,’ नेपालले भनेका छन् । उथलपुथलबाट रोक्न अब विपक्षी दलहरू एक हुनुपर्ने बताउँदै उनले अन्य साना दलहरूलाई विपक्षी मोर्चामा ल्याउनेबारे भइरहेको प्रयास पनि चर्चा गरेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार