आशिका तामाङ पक्राउ

बुधबार, माघ २, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए  । विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूह २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो । सोही क्रममा उनले डियुटीमा रहेका प्रहरीमाथि अपशब्द बोलेकी थिइन् ।प्रहरीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशाला पठाइएको अधिकारीले बताए ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार