६० लाख धरौटीमा छुटे रवि लामिछाने

बुधबार, माघ २, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा पनि धरौटी बुझाएर रिहा भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासबाट भएको आदेशबमोजिम उनले ६० लाख रुपैयाँ धरौटी बुझाएका हुन् । यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटी मागेको थियो। गत बिहीबार उनी उक्त रकम तत्कालै बुझाएर रिहा भएका थिए ।  गत आइतबार काठमाडौँ अदालतमा उपस्थित भएका रवि त्यही दिनबाट काठमाडौँ प्रहरी परिसरको हिरासतमा थिए ।

Photo-(6)-(27)-1736950744.jpg
काठमाडौँ अदालतभित्र धरौटीको प्रक्रिया चलिरहँदा रविका समर्थकहरू बाहिर बाक्लो संख्यामा उपस्थित भएका थिए। उनका समर्थकले पीडित सहकारी बचतकर्ताका तर्फबाट बहस गर्ने वकिलमाथि हातपात गरेका थिए ।  यस मुद्दाका २ जना अभियुक्त पहिला नै धरौटीमा छुटिसकेका छन्। पुस २१ गते रविसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । यस मुद्दामा उनीहरूबाट जम्मा २ अर्ब ४१ करोड बिगो दाबी गरिएको छ ।  प्रतिवादी कायम गरिएकामध्ये रवि र उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेकै बेला काठमाडौँ झिकाएर प्रहरीले सरकारी वकिलसमक्ष बयान पनि लिएको थियो ।  यस मुद्दाका अभियुक्तमध्ये जीबी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश फरार छन् । यस मुद्दामा रविलाई सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ। छविलाई रविलाई भन्दा बढी बिगो तोकिएको छ । छविका नाममा ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो कायम गरिएको छ । रवि र छवि दुवै जना गोर्खा मिडिया नेटवर्कमा आबद्ध थिए । जीबी अध्यक्ष रहेको उक्त कम्पनीमा रवि प्रबन्ध निर्देशक थिए भने छवि उपाध्यक्ष थिए ।  सहकारीको रकम गैरकानुनी तरिकाले गोर्खा मिडिया नेटवर्क नामक कम्पनीमा लगेर बचतकर्तालाई ठगेको मुख्य अभियोग उनीहरूमाथि लगाइएको छ ।

Photo-(4)-(33)-1736950756.jpg
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार