सुशासन र विकासका लागि अध्यादेश ल्याइएको प्रधानमन्त्रीको जिकिर

बुधबार, माघ २, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताएका छन् । सरकारको सिफारिसमा हालै राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै सावधानी र मिहिनेताका साथ अध्यादेश सिफारिस गरिएको दाबी गरे ।  'सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफै टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो,' उनले भने, 'यी अध्यादेश यसरुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्तरुपमा प्रकट भएको छ । यो पूर्ण सहमतिमा अध्यादेश आएको छ । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो । भूमिसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन । अध्यादेशको विरोध भयो भनेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो । यी सबै भ्रमहरु चिरिएका छन् । सरकार ढल्यो भन्नेहरुका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुंगा हानेर नदी छेक्ने प्रयास मात्रै हुन्', उनले भने ।
उनले सत्तारुढ दुवै दलका शीर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझावसमेतका आधारमा अध्यादेश ल्याइएको जनाउँदै अन्य विधेयकको तयारी भएको र संसद् सुरु भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताए । उनले यथोचित समयमा संसद् आह्वान हुने पनि जनाए ।
कार्यक्रममा अध्यादेशका विशेषता र आवश्यकताका सम्बन्धमा मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुतिकरण गरेका थिए ।

Photo-(41)-1736952907.jpeg
'सरकार कसैको पार्टी जोड्ने र फुटाउने काममा लाग्दैन' 
प्रधानमन्त्री ओलीले सरकार कसैको पार्टी फुटाउने र जोड्ने काममा नलाग्ने बताएका छन् । एमालेबाट विभाजित भएको नेकपा समाजवादीलाई फुटाउन दल विभाजन गर्न अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा सार्वजनिक गरेका हुन् । ‘पार्टी फुटाउन संसद‍्को बैठक नबोलाएको भनेर पनि हल्ला गरिएको छ,’ उनले भने, ‘आफूले २० प्रतिशत पुर्‍याए पार्टी फुटाउन सकिने कानुन ल्याउने अनि अरूलाई गाली गर्ने ?’
आफू यसअघि प्रधानमन्त्री हुँदा दल र दल त्यागसम्बन्धी ऐनमा ल्याउँदा कोलाहल मच्याएकाले त्यतिबेला फिर्ता गरेको उनले बताए । ‘अहिले सरकारमा बसेर पार्टी जोड्ने र फुटाउने होइन, काम गर्ने कुरामा केन्द्रित छौं,’ उनले भने । सुशासन र विकासका लागि सरकारले अध्यादेश जारी गरेको पनि उनले बताए ।

Photo3-1736952906.jpeg
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार