कार्य विभाजनको मोडालिटी कस्तो र कसरी गर्ने भन्ने विषयमा माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफल 

बुधबार, माघ २, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । बुधबार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संगठनात्मक सवालको बारेका छलफल भएको छ । बैठकमा मुख्यतया कार्यविभाजनको मोडालिटी कस्तो हुने विषयमा छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले भने, ‘पदाधिकारी बैठकमा मुख्यत कार्य विभाजनको बारेमा छलफल भयो । आज कार्य विभाजनको मोडालिटी कस्तो  हुने र कसरी गर्ने भन्ने विषयमा नै बैठक केन्द्रित भएको थियो । सबै केन्द्रिय कार्यालयका कमरेडहरुले आफ्ना सुझावहरु राख्नुभयो । बैठक जिवन्त भयो । अब एउटा अर्को बैठक बसेर सबैका सुझावहरुसहित कार्यदलले बनाएको प्रतिवेदनलाई ध्यानमा राखेर अध्यक्षले फाइनल प्रस्ताव पेस गर्नुहुनेछ र पारित हुनेछ ।’ साथै उनले बैठक प्रभावकारी भएको बताए । उनले सरकारले चाँडो सदन नबोलाए विशेष अधिवेशनको माग गरिने विषयमा समेत छलफल भएको बताए ।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार