पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

बिहीबार, माघ ३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले मूल्य बढाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार