ललितपुर महानगरमा नमूना बाल नगरसभा सुरु

बिहीबार, माघ ३, २०८१
मयुर प्लाई
Global Ime Bank

ललितपुर । ललितपुर महानगरमा चौथो नमूना बाल नगरसभा सुरु भएको छ ।  नमूना बाल नगरसभा ललितपुर महानर र महानगर स्तरीय बाल क्लब संजालले अन्य विभिन्न संघसंस्थासँग सहकार्य गरी आयोजना गरेको हो ।  बालबालिकालाई स्थानीय तहको संरचना, कार्यप्रणाली लगायतका विषयमा जानकारी दिन आयोजना गरिएको नमूना बाल नगरसभाको बिहीबार सामाजिक विकास समितिका संयोजक एवम प्रवक्ता राजु महर्जनले उद्घाटन गरे ।  कार्यपालिका, नगरसभा, नगर प्रमुख, ‘उपप्रमुखको जिम्मेवारी थाहा पाउन नमूना बाल नगरसभा महत्वपूर्ण रहेको सामाजिक विकास समितिका संयोजक एवम कार्यक्रमका प्रमुख अतिथि राजु महर्जनले बताए । उनले भने, ‘विद्यार्थीलाई यो कार्यक्रम निकै उपयोगी हुन्छ, सबैभन्दा नजिकको सरकार कसरी संचालन हुन्छ, त्यो बुझ्न सजिलो हुन्छ ।’

473386191_1067446001802509_951767240174407324_n-1737038102.jpg
सामाजिक विकास समितिका सदस्य एवम वडा नंं. १८ का अध्यक्ष दामोदर खड्काले नमूना बाल नगरसभा सिक्ने, सिकाउने महत्वपूर्ण ठाउँ भएको बताए ।  बाल नगरसभामा सहभागी बालबालिका भविष्यका कर्णधार भएको बताउँदै यो कार्यक्रममा सहभागी भएका मध्येबाट नै भविष्यका नगर प्रमुख, उपप्रमुख उत्पादन हुने धारणा राखे । बाल नगरसभामा सिकेका कुरा विद्यालय, विश्वविद्यालयमा सिकेको ज्ञान भन्दा पनि महत्वपूर्ण हुने बताए । 

472853429_1736935740371841_2680293365236657937_n-1737038106.jpg
सामाजिक विकास समिति सदस्य उमा श्रेष्ठ बज्राचार्यले यो कार्यक्रम उपयोगी भएको बताइन् ।  ललितपुर महानगर सामुदायिक विकास शाखाकी प्रमुख सरिता महर्जनले बालबालिकालाई लोकतन्त्र, लोकतान्त्रिक संस्कृति, नगरसभा, कार्यपालिका गठन, विषयगत समितिको काम, कर्तव्य लगायतका बारेमा जानकारी दिने बताइन् । 

473072865_3765535237095033_6657427005633218332_n-1737038100.jpg
उनले भने, ‘यी सम्पूर्ण विषयमा विज्ञबाट बालबालिकालाई जानकारी दिन्छौं , त्यसपछि नमूना बाल नगरसभा गर्छौ ।’ यो कार्यक्रम सूचनामूलक, ज्ञानबर्धक र उपयोगी भएको उनले बताइन् । कार्यक्रमकी अध्यक्ष प्रार्थना श्रेष्ठले कार्यक्रम उपलब्धिमूलक हुने बताउँदै सक्रिय सहभागिताको लागि अनुरोध गरिन् ।

473258796_1302649971039608_7247737175165547379_n-1737038095.jpg
473830529_636796448906380_87488928300750712_n-1737038107.jpg
472754579_2416384005385006_3118899424315504809_n-1737038106.jpg
473069899_904111415171854_1653943971647676538_n-1737038098.jpg
473273913_596279116476939_3798720470845363464_n-1737038094.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार