वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड

शुक्रबार, माघ ४, २०८१
मयुर प्लाई
Global Ime Bank

वेइझाउ । पर्यटक आकर्षित गर्ने अनेक माध्यमहरु छन् । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको वेइझाउ टापुमा ह्वेलहरूले पर्यटक आकर्षित गरिरहेको छ ।  वेइझाउ टापुको पानीमा रहेका ब्राइडका ह्वेलहरूले वैज्ञानिक र पर्यटकहरूलाई आकर्षित गरिरहेका छन् ।  हिउँदको आहारका लागि देखिएका संरक्षित ह्वेल हेर्न मानिसहरु झुम्मिने गरेका छन् ।

Photo-(9)-1737101575.jpg
शिकारका लागि बाहिर उत्रिने क्रममा देखिने गरेका ह्वेलहरु हेर्न धेरै मानिसहरु उक्त टापुमा पुग्ने गरेका छन् ।  ब्राइडका ह्वेलहरू शिकार गर्दा पानीबाट ठाडो रूपमा बाहिर निस्कने गरेका छन् । यिनीहरुको यस्तो सक्रिय अवधि सामान्यतया डिसेम्बरदेखि अप्रिलसम्म रहने गर्छ ।  गुआङ्सी एकेडेमी अफ साइन्सेजको तथ्याङ्कअनुसार यस क्षेत्रमा पहिचान गर्न सकिने ब्रायड ह्वेलको सङ्ख्या सन् २०१८ मा ६ वटा मात्र थियो । त्यसको संख्या बढेर २०२४ मा ६० पुगेको छ ।-एजेन्सी

Photo-(13)-1737101576.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार