दिनेश त्रिपाठीमाथिको आक्रमण राजनीतिक अनुशासन विपरित

शुक्रबार, माघ ४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताबाट भएको आक्रमण राजनीतिक अनुशासन विपरित भएको सरोकारवालाहरुले बताएका छन् ।  वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रास्वपाका समर्थकबाट भएको काम निन्दनीय र गर्न नहुने भएको बताए । शुक्रबार नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अराजकशैली भएको बताए । उनले जनताहरु माथि यातना दिने काम गर्ने सरकारको विरुद्धमा लडिरहने कानून व्यवसायीहरुमाथि यस्ता आक्रमण हुनु निन्दनीय भएको बताए । उनले राष्ट्रिय परिचयपत्र ठेक्का अनुमोदन गर्ने प्रसंग पनि उठाए । 
‘अराजकशैलीले जनताहरुमाथि यातना दिने काम गर्ने सरकारका विरुद्धमा लडिरहने कानून व्यवसायीहरुलाई आक्रमण कस्तो तत्वले गर्छ भन्ने स्पष्ट छ । यदी जानेर नजानेर रास्वपाका समर्थकले यस्तो काम गर्नुभएको हो भने निन्दनीय छ,’ उनले भने । यस्तै, उनले रास्वपा राजनीतिक अनुशासनमा छैन् भनिरहँदा गठबन्धन दलका समर्थकहरुबाट जुन गाली गर्ने काम भयो त्यो अमान्य भएको बताए । 
बुधवार रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणका सम्बन्धमा थुनछेक बहस गरेर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए ।
बार एसोसिएसनले उक्त हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाप्रति घोर भत्र्सना गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार