राजधानीमा सुरु भयो वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी

शुक्रबार, माघ ४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालि र ईटीएसआईपीएलको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी सुरु भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले १० औं संस्करणको नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरे । उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले नयाँ प्रविधिलाई भित्र्याएर रोजगारी सृजना गर्न सकेमा निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ र ब्राण्डिङ गर्ने सम्भावना बढ्ने बताए । प्रदर्शनीबाट छिमेकी मूलुक भारत र चीनको नयाँ प्रविधिलाई हाम्रो विकासँग जोड्न सकेमा रोजगारी र निर्यात बढाउन सक्ने उनको भनाई छ । 
उनले भने,‘हामीले नयाँ प्रविधिहरुलाई भित्र्याएर त्यो प्रविधिबाट रोजगारी सृजना गर्न सक्याँै भने र आज हामीले निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ ब्राण्डिङ गर्ने कुरामा यसले थुप्रै किसिमको सम्भावना देखाएको छ । आजको यो प्रर्दशनिबाट छिमेकी मूलुक भारत र चीनको नयाँ प्रविधिले आजको हाम्रो विकासँग जोड्न सक्यौँ भने रोजगारी र निर्यात बढाउन सक्छौं । वन जंगलको विकासलाई नयाँ आयाम दिन सकिन्छ ।’ मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहेका छन् । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहेको छ । साथै ,फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको प्रदर्शनीमा सहभागिता रहेको छ । उक्त मेला आइतबारसम्म चल्ने छ । 

Damodar-Bhandari.00_11_35_14.Still005-1737113723.jpg
मेलामा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको अन्तर्राष्ट्रिय प्रदर्शनी भएकाले नेपालभरबाट अवलोकनकर्ता आउने अपेक्षा गरिएको भट्टराईले जनाए ।
फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता भएको उनको भनाइ छ ।  भट्टराईले प्रदर्शनीमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरू र यस क्षेत्रमा आउने नयाँ(नयाँ प्रविधिबारे जानकारी दिने व्यवस्था गरिएको बताए । प्रदर्शनीमा जानकारीमूलक सेमिनारहरू, अन्तर्क्रियात्मक कार्यशालाहरू र प्रत्यक्ष प्रस्तुतीकरणहरू हुने बताए । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फर्निचर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने लक्ष्य लिएको उनको भनाइ छ ।

Damodar-Bhandari.00_11_03_10.Still003-1737113721.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार