सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरमा स्थायी बसोबास गर्ने ७७ वर्षदेखिका जेष्ठ नागरिकले बुधबार कोभिशिल्डको दोस्रो मात्रा लगाएका छन् । खोप लिएका ज्येष्ठ नागरिकले खोप लगाउन पाउँदा निकै खुशी लागेको बताए । खोप लगाउन व्यवस्था मिलाएकोमा महानगरलाई उनीहरुले धन्यवाद दिए । ललितपुर महानगरले महानगरभित्र ८ ठाउँमा खोप केन्द्र राखेर खोप लगाउने व्यवस्था मिलाएका थियो । आवश्यकता भन्दा अत्यन्तै थोरै खोप उपलब्ध भएकाले हाललाई ७७ वर्षदेखिका ज्येष्ठ नागरिकलाई खोप लगाउने व्यवस्था मिलाएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘आवश्यकता भन्दा अत्यन्तै कम खोप भएकाले हाललाई ७७ वर्षदेखिकालाई खोप लगाउने निर्णय ग¥यौं ।’ खोप खरिदका लागि महानगरले संघीय सरकारसँग पटक पटक अनुमति मागेपनि त्यसको जवाफ नपाएको भन्दै नगरप्रमुख महर्जनले गुनासो गरे । ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आवश्यकता भन्दा धेरै थोरै खोप आएकाले ७७ वर्ष तोक्नु परेको बताए । सबैलाई खोप उपलब्ध गराउने महानगरको चाहना भएपनि हाललाई त्यो संभव भएको उनले प्रष्ट पारे । खोप कम आएपछि महानगरले वडापिच्छे विवरण संकलन गरेर उपलब्ध खोपको आधारमा कुन उमेर समूहलाई खोप लगाउने भनी निर्णय गरेको थियो । उक्त विवरण अनुसार कोभिशिल्डको पहिलो मात्रा लगाएका ७७ वर्ष माथिका जेष्ठ नागरिकको संख्या दुई हजार दुई सय २० थियो । महानगरलाई कोभिशिल्डको २५ सय मात्रै खोप प्राप्त भएको अवस्थामा कुन उमेर समूहलाई खोप लगाउने भन्ने सन्दर्भमा महानगरीय खोप समन्वय समितिले निर्णय गरेपछि खोप लगाउने मिति तय भएको थियो । ललितपुर महानगरपालिकामा कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पखाईमा रहेका करीब ११ हजार नागरिक छन् । यसका साथै महानगरले महानगरका कर्मचारी र स्वास्थ्कर्मीलेलाई पनि खोप लगाउने व्यवस्था मिलाइएको थियो ।