ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान

शनिबार, माघ ५, २०८१
मयुर प्लाई
Global Ime Bank

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान–२ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्  । उनले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीया गंगादेवी लुइँटेल र  ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गरेका हुन् । सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उनीहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताए । आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका  लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्ने बताए ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार