धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणको डोजर

आइतबार, माघ ६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काठमाडौंको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन एवम संरचना भत्काउने काम सुरु गरिएको छ । उपत्यका विकास प्राधिकरणले डोजर लगाएरै भवन भत्काउन थालेको हो ।आइतबार काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला क्षेत्रका केही संरचना भत्काइएको छ । चाबहिलस्थित ओम अस्पताल नजिकै मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा स्थानीयले अवरोध गर्ने प्रयास गरेका थिए । धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको जनाइएको छ । मापदण्ड विपरीतको संरचना र सरकारी जग्गा अधिक्रमण गरिएको भन्दै प्राधिकरणले एक्सन लिएको हो ।
Photo-(2)-1737289312.jpg
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार