मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

सोमबार, माघ ७, २०८१
मयुर प्लाई

सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गरेका हुन् ।  कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं. ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताइन् ।

ju8966-1737342767.jpg
सामाजिक उत्तरदायित्व अन्तरगत हरेक व्यवसायिक क्षेत्रले सामाजिक कामहरु गर्दा आर्थिक, सामाजिक रुपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद चौधरीको भनाई छ । सांसद चौधरीले महिला सशक्तिकरणसँगै आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न परिवारको आर्थिक उन्नतिको निम्ति विभिन्न कार्यक्रम लिएर बस्ती बस्तीमा गईरहनु भएको छ । गत वर्ष पनि यसै समयमा चौधरीले पुस माघको कठ्याङ्ग्रिँदो जाडोबाट एक हजार गरिब, विपन्न नागरिकलाई बचाउन न्यानो कपडा वितरण गरेकी थिइन् । तराईमा शीतलहरले जनजीवन कष्टकर बनिरहेको बेलामा न्यानो कपडा वितरणको निम्ति सांसद चौधरीले पहल गरेर कार्यक्रम ल्याउनु भएको हो ।

bghy778-1737342771.jpg
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार