यातायात मन्त्रीलाई धापाखेलको मूल बाटो कालोपत्रे सम्पन्न गर्न बजेट व्यवस्थापनका लागि आग्रह (भिडियो)

सोमबार, माघ ७, २०८१
मयुर प्लाई
Global Ime Bank

धापाखेल (ललितपुर) । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई धापाखेलको मूल बाटो कालेपत्रे गर्ने सम्बन्धमा ललितपुर महानगर २४ नं. वडाका जनप्रतिनिधिसहितको टोलीले अवगत गराएको छ । 
ललितपुर महानगर २४ नं. वडाका वडाअध्यक्ष दिनेश जंग पाण्डेको नेतृत्वमा गएको जनप्रतिनिधि तथा पार्टी प्रतिनिधिहरुको टोलीले हाल भइरहको धापाखेलको मूल बाटो १४ मिटर चौडाइमा विस्तार तथा स्तरोन्नति भइरहेको अवगत गराउँदै उक्त मूलबाटो चालु आर्थिक वर्ष भित्रै पूण रुपमा कालोपत्रे गर्न आवश्यक बजेट विनियोजनका लागि आग्रह गरेको छ । 
मन्त्री दाहाललाई वडाअध्यक्ष दिनेश जंग पाण्डेले ललितपुर महानगरका बाहिरी वडा हरिसिद्धि, सुनाकोठी, भैंसेपाटी जाने मूल सडकहरु कालेपत्रे भइसके पनि आफ्नो वडाको मूल बाटो जीर्ण रहेको अवगत गराउँदै हाल वडा कार्यालयकै पहलमा वडावासीको सहयोगमा १४ मिटरको चौडाई कायम गरी सडक विस्तार तथा स्तरोन्नतिका लागि सीमाङकन कार्य भइरहको जानकारी गराउनु भएको थियो ।
सडक विभाग तथा तथा शहरी विकास मन्त्रालय अन्तर्गतको निकायबाट मूल बाटो कालेपत्रसहितको कार्य गर्नका लागि टेण्डर आह्वान भइ कार्य सुरु भइरहेको जनाउँदै वडाअध्यक्ष पाण्डेले ती टेण्डरबाट मूलबाटो पूर्ण रुपमा कालोपत्रे नहुने हुँदा चालु आ.व. भित्रै मूलबाटो कालेपत्रे सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्री दाहाल समक्ष आग्रह गर्नु भएको थियो । 
त्यस क्रममा वडा अध्यक्ष पाण्डेले मूल बाटो कालोपत्रे गर्ने सम्बन्धमा मन्त्री दाहाललाई एक ज्ञापन पत्र पनि हस्तान्तरण गर्नु भएको छ । ज्ञापन पत्र बुझेपछि मन्त्री दाहालले उक्त सडक कालोपत्रे गर्न आवश्यक बजेटका लागि पहल गर्ने आश्वसन दिनु भएको छ । मन्त्री  दाहाललाई भेट गर्न वडाअध्यक्ष पाण्डेको नेतृत्वमा वडा सदस्य उद्धब बस्नेत, नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, नेकपा एमाले धापाखेल इकाइका अध्यक्ष किरण श्रेष्ठ तथा युवा नेता विक्रम थापा सहभागी हुनुहुन्थ्यो । 
 
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार