सरकारले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने,  तीन दिनको कार्यक्रम तय

सोमबार, माघ ७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने भएको छ । यही माघ १३, १४ र १५ गते मनाइँदै विभिन्न कार्यक्रम गर्ने तयारी पनि गरिएको छ । संयुक्त राष्ट्रसंघले ‘पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउँदै आइरहेको हो । दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रमहरु गर्ने प्रचलन छ । ऊर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले बृहत कार्यक्रमको तयारी गरिएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरुको प्रवद्र्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरुसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुयाउँदै आएको पनि उनले जानकारी दिए । यसको साथै नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरुको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायको रुपमा समेत कार्य गर्दै आएको उनको भनाइ थियो । केन्द्रले सबैमा स्वच्छ ऊर्जाको सर्वसुलभ पहुँच पुयाउने सरकारको नीतिलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रही विद्युत पहुँच पुग्न बाँकी रहेका भौगोलिक क्षेत्र तथा घरधुरीमा पूर्ण विद्युतीकरणका लागि एकीकृत योजना तयार गरी सोही बमोजिम विद्युत विस्तार कार्य गरिरहेको छ भने खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तारको लागि विद्युतीय चुलो, बायोग्यास र सुधारिएको चुलो लगायतका प्रविधिहरु प्रबद्र्धन गर्दै आएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सरकारले हालै स्वीकृत गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ मा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरुमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी २ वर्षभित्र शत प्रतिशत घरधुरीमा विद्युत पुरÞ्याउने लगायतका नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विभिन्न लक्ष्यहरु समेटिएको जानकारी गराइयो । सबैमा विद्युत पहुँच पुर्याउन तथा दिगो विकास लक्ष्यले लिएका नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरु हासिल गर्ने सरकारको प्राथमिकतामा केन्द्रको योगदान रहँदै आएको जनाइएको छ । यसै सन्दर्भमा वैकल्पिक ऊर्जा विकास समितिको १०३ औं बैठकको निर्णय बमोजिम केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको बताइयो । केन्द्रले माघ १३, १४ र १५ गते (तदनुसार सन् २०२५ जनवरी २६, २७ र २८ तारिख) निम्नानुसारका कार्यक्रमहरु गर्न लागेको हो । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार