बाराका पूर्व गाविस सचिव अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, माघ ७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन सचिव आस महमद अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । प्रवक्ता घिमिरेका अनुसार उनले साविक साविकको आदर्श गा.वि.स. भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको अख्तियारको आरोप छ । यस्तै सटरहरुबाट उपलब्ध भएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ नबुझाएको अख्तियारको आरोप छ ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार