एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, माघ ८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएकोे छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार