सोसल मिडिया
Contact Us
युनिकोड
यी हुन् , ‘मायाकुमारी’की सन्तान ‘मैंचा’ । अचम्म लाग्न सक्छ ,जनावरको नाम कसरी मइचा भयो भनेर । त्यसो त ‘मायाकुमारी नामकै बारेमा पनि एकछिन चर्चा गरौँ । केही वर्षअघि मासुको लागि बधशाला पु¥याइएको त्यो भैंँसीको टाउमा घन प्रहार गरियो । पीडाले रन्थनिएर भागेको भैँसी एउटा विद्यालयभित्र पसेर लुक्यो । अरुले भैँसीलाई मार्ने कुरा गरिरहँदा पशु अधिकारकर्मी हरुले स्नेहाज केयरमा लैजाने निधो गरे । स्नेहा श्रेष्ठले संचालन गरेको उक्त केयरमा लगेपछि पीडाले छट्पटाइरहेको भैँसीको नाम स्नेहाले ‘मायाकुमारी’ राखिदिइन् । दुई महिनाको गर्भ बोकेर स्नेहाज केयर पुगेकी मायाकुमारीले केही महिनापछि सन्तान जन्माइन् । मायाकुमारीको सन्तानको नाम के राख्ने ? स्नेहालाई खुल्दुली भयो । ‘मैचा’ राखिदिइन् । मैचा नेवारी नाम हो, जुन प्रेमपूर्वक मैँया भनेर सम्बोधन गरे जस्तै हो । मैंचालाई जन्म दिएको केही महिनापछि मायाकुमारीले केही दिन अघि मात्रै प्राण त्याग गरिन् । मातृवियोगमा मैंचा अहिले एक्लो महसुस गरिरहेकी छिन् । छिन् । भैँसीपाटीस्थित स्नेहाज केयरमा मैंचालाई सबैले माया गर्छन् । धेरै माया पाएर होला कहिले काहिं मैंचा अलि फुर्किए जस्तो व्यवहार गर्छिन् । मायाकुमारीको दुईवटा थुनबाट मात्रै दुध आउँथ्यो, त्यो दुध मैंचाले नै खान्थिन् । अहिले आमाको दुधको पनि अभाव भएको छ मैंचालाई । कुकुर, गाईभैँसी लगायतका जनावरको स्याहार सुसारमा खटिएकाहरु ‘मैंचा’ धेरै माया र स्याहार पाएर छिट्टै हृष्टपुष्ट भएको बताउँछन् । गएको गढीमाई मेलामा बली चढ्नको लागि बाध्य भएकोे एउटा भैँसीलाई स्नेहाले मृत्युको मुखबाट खोेसेर ल्याइन् । त्यो भैँसीको नाम स्नेहाले ‘गोपी’ राखिदिएकी राखिदिइन् । ‘मैचा’ र ‘गोपी’अहिले असल मित्र भएका छन् । हुन् । स्नेहाको जनावरप्रतिको स्नेहसहित घर, स्नेहाज केयरमा मैचा र गोपी उनीहरुको आफ्नै भाषामा भलाकुसारी गरिरहेका देखिन्छन् । ‘मैंचा’ र ‘गोपी’को यो मित्रता अनन्त कालसम्म रहिरहोस् ,त्यसैगरी स्नेहाको जनावरप्रतिको स्नेह पनि सधै सधै कायम रहिरहोस् ।