सोसल मिडिया
Contact Us
युनिकोड
खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या समाधानका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग मंगलबार आफ्नै कार्यकक्षमा भएको छलफलमा उनले यही वर्षभित्र टेन्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा भने धरान उपमहानगरपालिकाले नै लिने मन्त्री यादवले फेसबुकमार्फत जानकारी दिएका छन्। ‘मैले धरानवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानीसम्बन्धी टेन्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु। खानेपानी व्यवस्थापनका लागि टेन्डर आह्वान गरिएको सूचनासहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिबद्धता मैले व्यक्त गरेको छु,’ उनले लेखेका छन्।