सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । डिशहोमले आफ्नो सबै ईन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहित निःशुल्क राउटरको अफर ल्याएको छ । यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो । पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन् । नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाईदा उठाउन सक्नेछन् । थप जानकारीका लागिः डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिन्छ ।