जनकपुरधाममा मनाइयो रामानन्दाचार्यको जन्मोत्सव

बुधबार, माघ ९, २०८१
मयुर प्लाई
Global Ime Bank

जनकपुर । जनकपुरधाममा  वैष्णव सनातन धर्म प्रवर्तक आचार्य सम्राट आनन्द भाष्कर जगद्गुरु स्वामी  श्री रामानन्दाचार्यजीको जन्मोत्सव मनाइएको छ । रामानन्दीय वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधाम स्थित तुलसी स्मारक परिसरमा जगदगुरु रामानन्दाचार्यको जन्मोत्सव मनाइएको हो ।  रामानन्दाचार्यको जन्मोत्सव भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहितका कार्यक्रमको आयोजना गरिएको श्रीरामानन्दीय वैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले जानकारी दिए । 

Photo-(1)-(74)-1737502010.jpg
त्यस्तै मंगल बधाईगान र प्रसाद वितरण गरी जन्मोत्सव समापन गरिएको वैष्णवले बताए । सो जन्मोत्सव हेर्न हजारौं श्रद्धालु भक्तजन तथा साधु सन्तहरुको सहभागिता रहेको थियो । जगदगुरु रामानन्दाचार्य हिन्दु सम्प्रदायलाई एक गर्न तथा हिन्दु धर्मको प्रचार प्रसारमा अतुलनीय योगदान पुर्याएकाले सन्त समुदाय उनको जन्मोत्सव प्रत्येक वर्ष श्रद्धापूर्वक मनाउँदै आएका छन् । उनकै स्मृतिमा जनकपुरधामको रामानन्द चोकमा प्रवेशद्वार समेत निर्माण गरिएको छ ।

Photo-(7)-(30)-1737502004.jpg
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार