रविको बयान सकियो

बुधबार, माघ ९, २०८१
मयुर प्लाई
Global Ime Bank

बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएकाे छ। न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान सकिएकाे अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ । लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार