आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव 

बिहीबार, माघ १०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।   हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने छ भने तराइका धेरै भू–भागहरूमा हुस्सु-कुहिरो  लागेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बिहिबार ​दिउँसो सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका विभागले जनाएको छ ।  यस्तै, राति कोशी, गण्डकी र लुम्बिनीका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार