महानगर यातायातले संचालनमा ल्यायो टाटाका थप ४० वटा बस

बिहीबार, माघ १०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । महानगर यातायात प्रालिले टाटाका थप ४० वटा बसहरु संचालनमा ल्याएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विहीबारदेखि टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्षसन्तोष खतिवडाले जानकारी दिएका हुन् । उनका अनुसार नयाँ बस थपिएसंगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ । उनले भने,‘हाल काठमाडौंको चक्रपथमा यात्रुहरुलाई सेवा दिदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजैदेखि सचालनमा ल्याउँदैछ । नयाँ बस थपिएसंगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ । सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठज्यूको हातबाट ती बसहरुको चावी लिदै गर्दा थप जिम्मेवारीको महसुश गरेका छौं ।’

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार