मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

बिहीबार, माघ १०, २०८१
मयुर प्लाई
Global Ime Bank

जनकपुर । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् । मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखिएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए । विरोध प्रदर्शनमा युवाहरुले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार