यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

शुक्रबार, माघ ११, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरोको मुल्य घटेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ५४ पैसा र बिक्रीदर ८६ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५रुपियाँ ९२ पैसा र बिक्रीदर ९६ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ७७ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ २१ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपियाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ८५ पैसा कायम गरिएको छ । यसको साथै, जापानी येन १० को खरिददर आठ रुपियाँ ८२ पैसा र बिक्री दर आठ रुपियाँ ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ०६ पैसा र बिक्रीदर चार रुपियाँ ०८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७२ पैसा र बिक्रीदर १७ रुपियाँ ८० पैसा रहेको छ ।  त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८० पैसा र बिक्रीदर ३६ रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर ३८ रुपियाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५३ पैसा र बिक्रीदर १२ रुपियाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्री दर १९ रुपियाँ ३५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रुपियाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ १९ पैसा तोकिएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार