जिल्ला अदालत रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस आज पनि 

शुक्रबार, माघ ११, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज (शुक्रबार) पनि हुँदैछ ।  रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा बिहीबार जारी बहस नसकिएपछि आज पुनः हुने गरी बहस हेर्दा हेर्दैमा राखिएको थियो ।  लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।  बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो । बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फ बाट बहस हुने छ । 
सुुप्रिम सहकारी प्रकरणमा छविलाल जोशी, जीबी राई सहित पूरक अभियोगका १४ र शुुरु मुद्दाका २८ जना सहित ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।  प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनी माथि उजुरी गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार