राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा सरकारले गरेका कामबारे समिक्षा गरिँदै

शुक्रबार, माघ ११, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक अगाडि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले लामो  समयदेखी बस्न नसकेको बैठक आजदेखी प्रारम्भ भएको बताएका हुन् । आजको बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल गरिने अध्यक्ष लिङ्देनले बताए । उनले  ठूला दुई दल मिलेर बनेको  सरकारले  अहिलेसम्म के  के  गरेको छ त्यसको बारेमा समेत समिक्षा गरिने बताए । उनले भने, ‘लामो समयदेखी बस्न नसकेको बैठक आज प्रारम्भ हुँदैछ । यो बीचमा नेपाली कांग्रेस, नेकपा एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनेको पनि ६ महिना भन्दा बढी भैइसकेको छ, यसको  विषयमा पनि समग्र रुपमा समिक्षा गरिनेछ । यो बीचमा जनतामा आशा जागृत हुनुपर्ने हो त्यसको बदला जनतामा घोर निराशा पैदा भएको छ ।’ यसैगरी बैठकमा अर्थतन्त्र शिथिल र कमजोर भएकोबारे छलफल गरिनेछ । मंहगी चरम रुपमा बढेको छ, यतिबेला निर्माण सामग्रीको मूल्य वृद्धि भएको छ यसको  विषयमा पनि बैठकमा छलफल गरिने उनले बताए । राप्रपाले आज र शनिबार केन्द्रीय समिति बैठक गर्न लागेको हो । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार