मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरुद्ध जनजागरण अभियान शुरु गर्ने

शुक्रबार, माघ ११, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरुद्ध जनजागरण अभियान माघ १४ गतेबाट शुरुवात गर्ने घोषणा गरेका छन् । मिटरव्याजविरुद्ध किसान मजदूर आन्दोलन नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर मिटर व्याज पीडितको न्यायका लागि पुनः शान्तिपूर्ण आन्दोलन गर्नका लागि विवश रहेको जनाएको हो । मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले यसपटक पीडितहरूको सहभागितामा अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको जानकारी दिए । उनले पत्रकार सम्मेलनमा मिटरव्याजकोविरुद्ध आन्दोलनको बिस्तार देश व्यापीरुपमा गर्ने पनि बताए । मिटर व्याजका कारणले चारजना सहिद भएको बताउँदै यसअघि पटक पटक सरकारले सम्झौता गरे पनि कार्यान्वयन नगरेको गुनासो गरे । सङ्घर्ष समितिका अध्यक्ष कुशवाहाले मिटरव्याजको विरुद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको बताउँदै देशमा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशतले मात्र न्याय पाएको र धेरैले फर्जी कागजकै आधारमा कारागार चलान भएको उदाहरण दिए । राज्यको प्राथमिकतामा राखेर मिटरव्याज पीडितहरूको मुद्दा नरहेको र यदि यही स्थिति जारी रह्यो भने आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनी सङ्घर्ष समितिका केन्द्रीय महासचिव मनोज पासवानले बताए । मिटरव्याज पीडितहरूको जनजागरण अभियानको कार्यक्रम माघ १४ गते जनकपुरधाममा हुने वृहत् घोषणा सभामा सार्वजनिक गरिनेछ । यस अभियानले जनतामा मिटरव्याजको समस्या र यसको समाधानको आवश्यकता बारे गहिरो सचेतना फैलाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार