सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए । गत असोज ७ गतेबाट स्थगित भएको प्रदेशसभाको अधिवेशन ४ महिनापछि बोलाउने निर्णय भएको मन्त्री लामिछानेले बताए । बैठकले भौतिक पूर्वाधार मन्त्रालयले निर्माण गरेको भवन नीति पनि अनुमोदन गरेको प्रवक्ता लामिछानेले बताए । मन्त्रिपरिषद् बैठकले चलचित्र सम्बन्धि विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ भने बागमती प्रदेशको कामकाजको भाषा ऐनको विषयमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनलाई सरकारले ग्रहण गर्ने निर्णय गरेको छ । बैठकले काभ्रेको तालढुङ्गामा एकीकृत नमुना बस्ती बसाउने र त्यसलाई पनि विधेयकको रुपमा लैजाने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।