स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै चल्छ : मेयर मर्हजन

आइतबार, माघ १३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं  ।  ललितपुर  महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर महानगरपालिकाको स्मार्ट ट्राफिक लाइट कहिल्यै पनि बन्द नहुने बताएका छन् । आइतबार साप्ताहिक ट्राफिक सचेतना सुभारम्भ कार्यक्रममा बोल्दै उनले  महानगरले  जडान गरेका स्मार्ट ट्राफिक लाइटहरु  ३६५ दिन नै अनवरत रुपमा चल्ने बताएका हुन् । उनले भने, ‘ट्राफिक सचेतना कार्यक्रम र हालसालै हामीले स्मार्ट ट्राफिक लाइटको स्थापना गर्यौं र सञ्चालनमा ल्यायौं । संचालनमा ल्याउनै गार्हो तर प्राविधिक रुपमा यसलाई उद्घाटन गरिसकेपछि यसलाई कार्यान्वयन गर्न पनि केही समस्याहरु आए ।  तर अब स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै अनवरत र श्रृखलाबद्ध रुपले चल्ने भएको छ । बन्द हुँदैन र निभ्दैन् ।’ साथै उनले सुरुसुरुमा स्मार्ट ट्राफिक लाइटले काम गर्छ या गर्दैन भन्ने ठूलै शंका समेत लागेको बताए । उनले स्मार्ट ट्राफिक लाइटको नियमलाई बस सञ्चालकहरुले नियम मान्छन् की मान्दैनन् भन्ने सबैभन्दा ठूलो डर पैदा भएको समेत उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार