सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ग्रेड हिमालय क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सुरु भएको उद्घाटन खेलमा हिमालयनले विजयी सुरुआत गरेको हो । मुलपानी क्रिकेट मैदानमा (तल्लो) हिमालयनले दिएको १८३ रनको लक्ष्य पछ्याएको एक्सिलेन्ट क्रिकेट सेन्टरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो । उसका लागि देबास लामिछानेले २५ बलमा २७ रन बनाउँदा रौनक शाहीले १९ बलमा २४ रन बनाए । यता, हिमालयनका लागि सुप्रीम सुनुवारले तीन विकेट लिँदा उद्वव श्रेष्ठले एक विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको हिमालयनका लागि भ्यान्स क्षेत्रीले शतकिय पारी खेलेका थिए । उनी ७० बलमा १०९ रनमा अविजित रहे । यस्तै अभि थपलियाले ३९ बलमा ४३ रनको योग्दान दिए । यता, एक्सिलन्टका लागि रविन बस्नेतले एक विकेट हात पारे । माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ । यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ । प्रतियोगितामा १६ बर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोट्र्स एकेडेमीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन सुशील केडिया विश्व भारतीय स्कुलका अध्यक्ष अनिल केडियाको प्रमुख आतिथ्यमा भएको थियो। समारोहमा बोल्दै केडियाले प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे ।