सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा छलफल गरेको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले सरकार गठन भएपछि गरेका राम्रा कामहरु र सरकारलाई ०८४ सम्म नै निरन्तरता दिने विषयमा छलफल भएको बताए । उनले भने, ‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने छ । यो सरकार गठन भएपछि गरेका राम्रा कामहरु के के छन्, आर्थिक अवस्थाको सुदृढिकरण के हो, राजनीतिक स्थिरता कहाँ पुग्यो आदी विषयमा समीक्षा भएको छ । तीन तीन महिनामा विश्वासको मत लिने पद्धति समाप्त एउटा उत्साहजनक वातावरण सिर्जना गरेको छ । सरकारलाई ०८४ सम्म निरन्तरता दिएर नै जाने गरी छलफल भएको छ ।’ यसैगरी उनले बैठकमा प्रारम्भिक छलफल भएको बताए ।