उपप्रधानमन्त्री पौडेललाई धापाखेलको मूल बाटो कालोपत्रे सम्पन्न गर्न बजेट व्यवस्थापनका लागि आग्रह 

सोमबार, माघ १४, २०८१
मयुर प्लाई
Global Ime Bank

ललितपुर । उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई धापाखेलको मूल बाटो कालेपत्रे गर्ने सम्बन्धमा ललितपुर महानगर २४ नं. वडाका जनप्रतिनिधि तथा पार्टी प्रतिनिधिको टोलीले अवगत गराएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य हरिकृष्ण ब्यान्जनकार, ललितपुर महानगर २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डे, नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, २४ नं. वडाका वडासदस्य उद्धब बस्नेत, युवा नेता विक्रम थापासतिको टोलीले हाल भइरहको धापाखेलको मूल बाटो १४ मिटर चौडाइमा विस्तार तथा स्तरोन्नति भइरहेको अवगत गराउँदै उक्त मूलबाटो चालु आर्थिक वर्ष भित्रै पूण रुपमा कालोपत्रे गर्न आवश्यक बजेट विनियोजनका लागि आग्रह गरेको छ । 

WhatsApp-Image-2025-01-26-at-13.00.00-(4)-1737945711.jpeg
उपप्रधान तथा अर्थमन्त्री पौडेललाई वडाअध्यक्ष दिनेश जंग पाण्डेले हाल वडा कार्यालयको अगुवाईमा वडावासीको सहयोगमा १४ मिटरको चौडाई कायम गरी सडक विस्तार तथा स्तरोन्नतिका लागि सीमाङकन कार्य भइरहको जानकारी गराउँदै मूलबाटो पूर्ण रुपमा कालोपत्रे सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि आग्रह गर्नु भएको थियो ।  वडा अध्यक्ष पाण्डेले मूल बाटो कालोपत्रे गर्ने सम्बन्धमा उपप्रधान तथा अर्थमन्त्री पौडेललाई एक स्मरणपत्र पनि हस्तान्तरण गर्नु भएको छ । स्मरणपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले नयाँ शीर्षकमा बजेट व्यवस्थापन गर्न नसकिने बताउँदै संघीय सरकारका निकायबाट काम भएकाले बजेट व्यवस्थापन गर्न सकिने बताउनु भएको थियो ।  सडक विभाग तथा तथा शहरी विकास मन्त्रालय अन्तर्गतको निकायबाट मूल बाटो कालेपत्रसहितको कार्य गर्नका लागि टेण्डर आह्वान भइ कार्य सुरु भइसकेको छ । 

WhatsApp-Image-2025-01-26-at-13.00.00-(1)-1737945712.jpeg
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार