टाइगर कप भलिबल : एपिएफको लगातार दोस्रो जित

सोमबार, माघ १४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ लगातार दोस्रो खेल जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबारको पहिलो खेलमा एपिएफले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । यसैगरी आज पनि एपिएफले डायमण्डलाई २५–२२, २५–२३ र २५–२१ को सेटमा पराजित गर्यो । आजबाट प्रतियोगितामा लिग चरणका खेलहरु सुरु भएको छ । अब अर्को खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार