सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले सरकारले हालै जारी गरेका अध्यादेशबारे प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार आज दोस्रो दिन सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा १७ जनाले धारणा राखेका थिए । ‘संसद् अधिवेशन, अध्यादेश, बजेट लगायतलाई लिएर आज सांसदहरुले प्रश्न उठाउनु भएको छ,’ बैठकबारे जानकारी दिँदै उनले भने, ‘अत्यन्त महत्वपूर्ण विचार माननीय सदस्यबाट आएको छ ।’ केही सांसदहरु बोल्न बाँकी रहेको र त्यसपछि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम भएकाले आज बैठक नसकिएको र अर्को बैठक १८ गते बिहान ८ बजे बस्नेगरी स्थगित भएको घिमिरले बताए । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाका अनुसार अधिकांश सांसदले मन्त्रीहरुलाई राम्रोसँग काम गर्न आग्रह गरेका थिए। त्यस्तै सभापति शेरबहादुर देउवाले सांसदहरुसँग समन्वय गरेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।