चीनका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय  

मंगलबार, माघ १५, २०८१
मयुर प्लाई
Global Ime Bank

एजेन्सी । चीनका प्रमुख शहरहरुका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय  हुँदै गएका छन् । जसका कारण स्थानीय तहको अर्थतन्त्रको गति बढिरहेको पाइएको छ ।  दक्षिणी शहर शेन्जेनमा, भीडभाड भएका सडकहरूबाट बच्न वा आकाशबाट दृश्यावलोकन गर्ने उद्देश्यका लागि हेलिकप्टर उडान बुक गर्ने गरिएको पाइन्छ । प्रत्येक यात्रा प्रतिव्यक्ति ८० अमेरिकी डलरभन्दा माथिको लागत लाग्ने गरेको छ । उडानको अपरेटरले भने टेकअफ र अवतरण वा रोटेशनका आधारमा पनि लागत निर्धारण हुनेछ । 
त्यस्तै मानवरहित विमानले दुईजना यात्रु बोकेर ३० किलोमिटरसम्म उड्न सक्ने भएकाले उक्त विमानप्रति पनि मानिसहरुको आकर्षण देखिएको छ ।  चीनको नागरिक उड्डयन प्रशासनको तथ्याङ्कले गरेको अनुमान अनुसार यस वर्ष देशको कम उचाइ अर्थात हवाई ट्याक्सीमार्फत अर्थतन्त्रको मूल्य लगभग २०५ बिलियन अमेरिकी डलर हुनेछ र २०३५ सम्म ४७८ बिलियन हुनेछ ।-सीसीटीभी प्लस

Photo-(1)-(81)-1738064085.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार