सम्पत्ति शुद्धीकरणमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्ने लगभग निश्चित

बुधबार, माघ १६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा नेपाल पर्ने लगभग निश्चित भएको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान, कारबाही लगायत पक्षमा अपेक्षित सुधार हुन नसक्दा नेपाल नकारात्मक सूचीमा पर्न लागेको हो । एफएटीएफले आउँदो फागुनमा अन्तिम नतिजा घोषणा गर्दै छ । ‘यसबीचमा जति राम्रो काम भए पनि नेपाललाई ग्रे लिस्टमा पर्नबाट कसैले जोगाउन सक्दैन । अब रोइकराइ गर्नुको अर्थ छैन,’ सरकारी अधिकारीले भने, ‘कसरी हुन्छ, छिटो सुधार गरेर त्यो सूचीबाट बाहिर निस्किनेबारे सोच्नुपर्छ ।’ उनका अनुसार ‘ग्रे लिस्ट’ मा परेपछि स्तरोन्नति गर्न एक वर्ष समय पाइन्छ । हरेक तीन महिनामा स्तरोन्नतिका लागि आग्रह गरिरहनुपर्छ । प्रभावकारी रूपमा काम गर्न सके एक वर्षभित्रै स्तरोन्नति हुन सकिने पनि ती अधिकारीले बताए ।
“ग्रे लिस्ट” मा परे के हुन्छ ?

  • आयात महागो हुने, निर्यात थप झन्झटिलो हुन सक्ने
  • विदेशी ऋण तथा आर्थिक सहायतारअनुदान घट्ने, ब्याज महागो हुने सम्भावना
  • प्रत्यक्ष विदेशी लगानी पनि प्रभावित हुन सक्ने
  • अन्तर्राष्ट्रिय क्षेत्रले नेपाललाई हेर्ने नजर नै नकारात्मक हुने
     
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार