सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिले किष्ट अस्पतालमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापनाका लागि सहयोग गरेको छ । नगरपालिकाले र मेडिकल कजेललाई वाषिक साझेदारी कार्यक्रम अन्तर्गत ब्लड बैंक स्थापनाका लागि सहयोग गरेको हो । नगरपालिका र कलेजको सहकार्यमा रक्त सञ्चार केन्द्र स्थापना गर्ने घोषणा बुधबार आयोजित कार्यक्रममा गरिएको छ ।
रक्त सञ्चार केन्द्र स्थापना गर्ने घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले नगरपालिका भित्र रहेको सबैभन्दा ठूलो अस्पताल किष्ट अस्पताल नगरको गहना भएको बताउँदै रक्त सञ्चार केन्द्र स्थापना ठूलो उपलब्धि हो भने । ब्लड बैंक स्थापनाले सिंगो महालक्ष्मी नगरपालिकाका नगरवासीसहित अस्पतालमा उपचारका लागि आउने सबै बिरामीहरूलाइ विशेष टेवा पुग्ने नगर प्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे ।
नगरवासीलाइ किष्ट अस्पतालको उपचारमा १५ प्रतिशत छुट सुविधाको व्यवस्था रहेको र अन्य जटिल बिरामीलाइ पनि विशेष छुट रहेको जानकारी गराउँदै मेयर श्रेष्ठले नगरपालिले अस्पताललाइ गर्नु पर्ने सहयोगका लागि सधैँ तत्पर हरेने प्रतिवद्दता जनाए । किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले नगरपालिकाले बालबालिकाका लागि निःशुल्क खोप, क्षयरोग सम्वन्धि निशुल्क औषधि,परिवार नियोजनका सामग्री वितरण र अस्पताल जाने बाटो निर्माणसहित ट्राफिक व्यवस्थानमा सहयोग गर्दै आएको जानकारी दिए । कार्यक्रममा नगरपालिका र अस्पतालबीच थप सहकार्य र समन्वयका लागि समिति नै बनाउने निर्णय भएको छ। कार्यक्रममा नगरपालिकाका प्रमुख श्रेष्ठ, वडा अध्यक्षहरू,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी तथा अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।