भिजिबिलिटी कम हुँदा तराई मधेश क्षेत्रमा उडान प्रभावित, यात्रुलाई घण्टौं कुर्नु पर्ने बाध्यता

बुधबार, माघ १६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ ।  त्यसमा पनि हुस्सुले झन् बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको हो । बाक्लो हुस्सुले गर्दा १०÷१५ मिटर भन्दा टाढा केही देखिदैन । सडक, बजार सुनसान बनेको छ । हुस्सुले सबैभन्दा बढि समस्या बिमानस्थलमा यात्रुहरुले खेप्नु परेको छ । जनकपुरधाम बिमानस्थमा भिजिबिलिटी कम हुनाले न त बिमान अवतरण नै गर्न सकेको छ न त उड्न नै ।

475355703_2855457081282202_2918129496882253806_n-1738142046.jpg
दैनिक ८ वटासम्म हुने उडान, एक हप्ता देखिको बाक्लो हुस्सुले ४ वटामा झरेको छ । त्यसमा पनि कति बजे उडान हुन्छ भन्ने निश्चित नै हुँदैन । विमान उड्ने आशामा बिहान देखि नै यात्रुहरु घण्टौ कुर्न बाध्य भएका छन् । चार देखि ६ घण्टासम्म कुर्नु परेको महोत्तरीको बर्दिबासबाट काठमान्डौ जान बिमानस्थमा पर्खिरहेका हरि प्रसादले बताए ।   विमान उड्न १ हजार मिटिर भिजिबिलिटी र अवतरणका लागि १ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ । तर एक हप्तादेखिको बाक्लो हुस्सुले बिहानको समयमा भिजिबिलिटी ५ सय मिटर पनि नहुने गरेको बताउँछन् जनकपुर बिमानस्थलका सूचना अधिकारी गणेशकुमार यादव ।

474767645_1025468506272777_6973241447107039935_n-1738142047.jpg
दिउँसो २ बजे पछि मात्र भिजिबिलिटी सुधार हुने गरेकोले त्यसवखत उडान हुने गरेको उनले जानकारी दिए । अहिले दैनिक ४० प्रतिसत उडान कम भएको उनले बताए ।  अबको दुई÷तीन दिनपछि मौसमान सुधार आउनेसूचना अधिकारी यादवले जनाए । हुनु त कम भिजिबिलिटीमा पनि बिमान उड्न र अवतरण गर्न सक्छ तर त्यसका लागि आधुनिक उपकरण जडान गर्नुपर्ने हुन्छ ।  यस किसिमको आधुनिक प्रविधि जडान गर्न खर्च बढि लाग्ने र त्यसको वसुलउपर गर्न टिकट दरसमेत बढ्न जान्छ । हाल यस किसिमको प्रविधि भैरहवा विमानस्थलमामा रहेको छ ।

474753468_1211218450665295_8566805113021581429_n-1738142048.jpg
 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार