‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन : प्रधानमन्त्री  

शुक्रबार, माघ १८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं   । प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  विपक्षी  दलहरु सरकार  ढलाउनमा लागेको बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन् । उनले  भने, ‘विपक्षमा रहिरहेका  साथीहरु एउटा कुरामा आफ्नो  समय व्यर्थै खेर फालेजस्तो  लागिरहेको  छ । सरकार ढल्छ, ढल्नै  लाग्यो, पुस मसान्त, माघ मसान्त, माघे संक्रान्ती आदी इत्यादी । एउटा गीत बजारमा आएको छ–‘ढलें ढलें’भन्ने अलि प्रचारमा छ । प्रायः आम रुपमा राजनीतिक नेताहरुले  गाएको सुन्छु–ढल्यो ढल्यो  ढल्यो..। आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो । राती ढल्यो, ढल्यो, ढल्यो ......। यो  गीत पार्टी उत्सवमा सुहाउँला राजनीतिमा त्यति सुहाँउदैन् ।’ साथै उनले ८४ सम्म यो सरकार टसमस नगर्ने बताए । उनले दिनरात सरकार  ढले भनेर गीत गाउनुको सट्टा कति कामहरु राम्रा भएका छन् त्यसको मूल्यांकन गर्नुपर्ने बताए ।  

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार