चीतवनमा नेकपा एसका जिल्ला नेताहरू माओवादीमा प्रवेश

शनिबार, माघ १९, २०८१
मयुर प्लाई
Global Ime Bank

चितवन । एकीकृत समाजवादका नेतासहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सो क्रममा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरेका छन् । दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका पुराना बामपंथी नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमति प्रदेश सदस्य हुन् । एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमति प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

newskarkahna-news810710.-1738405666.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार