थाइल्याण्डको लगातार दोस्रो जित, नेपाल ४ विकेटले पराजित 

शनिबार, माघ १९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नान्नापत खोन्चरोएन्कको अर्धशतकमा थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । थाइल्याण्डले शनिवार नेपाललाई ४ विकेटले हराएको छ । १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । उनले ५८ बलमा ६ चौका प्रहार गरिन् । १६औं ओभरको चौथो बलमा नान्नापतले जीवनदान पाएकी थिइन् । रुविना क्षेत्रीको बलमा कप्तान इन्दु बर्माले क्याच मिस गरेका थिइन् ।

Image१७औं ओभरको अन्तिम बलमा नेपालकी मनिषा उपाध्याय घाइते भएर मैदान छोडेकी थिइन् । सुवानान खियाओतो १४ तथा कप्तान नारुइमोल चाइवाई १३ रनमा आउट भइन् । नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, कविता कुँवर र रुविना समान १ विकेट लिइन् । तेस्रो ओभरको अन्तिम बलमा बलिङका क्रममा कविता घाइते भएकी थिइन् । उनको ढाडमा समस्या आएपछि अस्पताल लगिएको थियो । त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।

Imageनेपालका लागि कविता र विन्दु रावलले सर्वाधिक रुपमा समान २५ रन बनाए । कविताले ३२ बलमा २ चौका प्रहार गरिन् । बिन्दुले २५ बलमा ३ चौका प्रहार गरिन् । कप्तान इन्दु बर्माले १७ बलमा २ चौकाको सहयोगमा १५ रन जोडिन् । ओपनर सम्झना खड्काले रनको खाता खोल्न नसक्दा ममता चौधरीले २ रन जोडिन् । पुजा महतो ६ तथा रुविना ४ रनमा आउट भइन् । कविता जोशी ८ तथा सिता राना मगर २ रनमा आउट भइन् । थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ३, फन्नीता माया र नाट्टाया बुचाथमले समान २ तथा चानिदा सुत्थीरुआंगले १ रन जोडिन् । नेपालले चौथो भेटमा पहिलो पल्ट थाइल्याण्डसँग टि ट्वान्टी आईमा १ सय रन पूरा गरेको हो । जितसँगै २ खेलमा थाइल्याण्डको ४ अंक भएको छ । खेलेको दुवै खेलमा पराजित नेपाल अंकबिहीन छ । आफ्नो तेस्रो खेल नेपालले आइतवार नेदरल्याण्ड्ससँग खेल्नेछ । थाइल्याण्डले तेस्रो खेलमा सोमवार नेदरल्याण्डसँग खेल्नेछ । सहभागी तीन देशले एकआपसमा समान ३ पटक खेलेपछि शिर्ष स्थानमा रहने टिम च्याम्पियन हुनेछ ।

ImageImage

ImageImage

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार