बागलुङमा लक्जरी होटल ‘इला कम्फोर्ट’ सञ्चालनमा, आईएमई ग्रुपको लगानी

शनिबार, माघ १९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार बागलुङमा आयोजित एक कार्यक्रमबीच इला कम्फोर्ट होटलको सेवा सञ्चालन उद्घाटन गरेका छन् । उक्त अवसरमा मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए । उनले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेको र यसको प्रवर्द्धन गर्न सरकार दृढरहेको उल्लेख गरे । गण्डकी प्रदेशका मन्त्री कृष्ण पाठकले आइएमई ग्रुपले मुलुकभर पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागिआह्वान गरे । 
आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सात वटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको उनको भनाइ छ ।
‘पर्यटन र जलविद्युत क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्‍याउने भएकाले हामीले यी क्षेत्रमा लगानी केन्द्रित गरेका हौं’, अध्यक्ष ढकालले भने ।
कार्यक्रममा संघीय सांसदहरु दीपक गिरी, जीवन परियार, बागलुङ नगरपालिकाका मेयर वसन्त श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बागलुङमा होटल सञ्चालनले यहाँको पर्यटन पूर्वाधारमा टेवा पुगेको बताउँदै थप लगानीका लागि आह्वान गरे । करिब ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको होटलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने आइएमई ग्रुपले विश्वास लिइएको छ । लगभग ४ रोपनी जग्गामा फैलिएको होटलमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइट र एक विशेष पेन्टहाउससहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठा रहेको कम्पनीले जनाएको छ ।
नवलपरासीको गैंडाकोटमा इला होटल सुरु गर्ने तयारी भइरहेको र नेपालका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजना रहेको प्रमुख ढकालले बताए ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार