प्रहरी र कर्मचारीबिना सरकार हुन सक्दैन : विमलेन्द्र निधि

शनिबार, माघ १९, २०८१
मयुर प्लाई
Global Ime Bank

जनकपुर ।  नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारहरुलाई आफ्नै प्रहरी संगठन र आफ्नै कर्मचारीका लागि देशैभरी इस्यु बनाउनु आवश्यक रहेको बताएका छन् ।  नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसनले आयोजना गरेको संविधान संशोधन आवश्यक्ता र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधिले बिना प्रहरी तथा कर्मचारीको सरकार हुन नसक्ने भएकाले यसलाई देशभरको इस्यु बनाउनु आजको आवश्यक्ता रहेको बताएका हुन् । उनले भने, ‘यो नाटक रोक्न यसलाई इस्यु बनाउनुपर्छ र जोडदार आवाज उठाउनुपर्छ। संविधानले नै प्रदेश सरकारहरुलाई आफ्नै प्रहरी तथा आफ्नै कर्मचारीका लागि अधिकार दिएको छ यसलाई कार्यान्वयनमा लाँदा कुनै कठिनाई हुँदैन ।’ निधिले केन्द्रमा कुनै दलका नेताहरुका लागि यो इस्यु नरहेकाले यसलाई हामीले नै इस्यु बनाउनुपर्ने बताए ।  एक अर्को प्रसंगमा निधिले संघियतालाई टिकाई राख्नका लागि संविधान संशोधन आजको आवश्यक्ता रहेको बताए । उनले अहिले कतिपयले संशोधन हुनु हुँदैन बताईरहेका छन्, अहिले संविधान संशोधन भएन भने यो संघिय प्रणालीमाथी नै प्रश्न चिन्ह् खडा हुने तर्फ सचेत गराए ।
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार