निःशुल्क मोतिबिन्दु आँखा शिविरमा २२७ जनाले गराए आँखा परीक्षण

५८ जनामा मोतिबिन्दु देखिएपछि थप परीक्षण र शल्यक्रियाका लागि सल्लाह 
आइतबार, माघ २०, २०८१
मयुर प्लाई
Global Ime Bank

धापाखेल (ललितपुर) वडावासीलाई निरोगी राख्न ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयले समय समयमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ । त्यसै क्रममा हिजो शनिबार ललितपुर महानगरपालिका २४ नं वडा कार्यालय धापाखेलको वडा स्वास्थ्य कार्यान्वयन समितिले निःशुल्क मोतिबिन्दु आँखा शिविर सम्पन्न गरेको छ । 

May be an image of 13 people and text
माट्रिका आई सेन्टर पुरानो बानेश्वरको प्राविधिक सहयोगमा समितिले जलपा माविमा उक्त एक दिने शिविर आयोजना गरेको हो ।
यस्तै शिविरकै क्रममा कुमारी युवा क्लब बहति पोखरी काठमाडौं–१६ को आयोजना तथा स्पर्श मर्म थेरापी सेन्टरको प्राविधिक सहयोगमा वडावासीलाई निःशुल्क थेरापी सेवा पनि उपलव्ध गराइएको थियो ।   

si-1738461103.jpg

वडा स्वास्थ्य  कायान्वयन समिति धापाखेलले आयोजना गरेको मोतिबिन्दु आखाँ शिविरमा २२७ जनाले आँखा परीक्षण गराएका थिए । परीक्षण गरिएकामध्ये ५८ जनामा मोतिबिन्दु देखिएकोले थप परीक्षण तथा शल्यक्रियाका लागि सुझाव दिइएको छ । यस्तै  ६० जना वडावासीले निःशुल्क थेरापीव सेवा लिएका थिए । 

May be an image of 2 people and text that says "सर्वे सन्तु रामया:। सजम etrtA Lku सय नि शुल्क मोतििन्द आँसा शिविर शिविर-श0८ २०८१ Free Eye Cataract Camp-2025 ਸਿਜ਼ਿ: २०৭ सनिम्ार, समय विल्हान 比:00 बনेश बिउेसो :00 बजतेसम्म जत्पा मा.सि, स्तितपर मन.पा आपाळेज 生営な सশजিিয়্ प्राश्धिक सहय्ोम मा्ट्िका आई: सेन्टर पुराती बातेश्वर उपत्यका नागरिक समन्वय स्मिति Free Eye Catarac Camp-2024 2024 an 福て 三特 보로 TIME THPORELING SAMTORAN आायोजक dST स्वास्थय कार्यन्वयन समिति तितपर मा.न.पा -วุ8, धाधालोल् माघोनक வனவிதள 時啊 ΑπAΚΟλλλαTνκς पचर्धीक|"
निःशुल्क मोतिबिन्दु शिविरमा वडाअध्यक्ष दिनेशजंग पाण्डे, वडासदस्यहरू इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण महर्जनसहित वडा स्वास्थ्य कार्यान्वयन समितिका सदस्यहरू, महिला स्वास्थ्य स्वयम् सेविकाहरु, टिएचपीसहित टोलवासीहरुले शिविरमा आउने वडावासीको आँखा परीक्षणमा सहजीकरण गर्नु भएको थियो ।

May be an image of 6 people and text

May be an image of 3 people

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार