गिरी समाज तथा सँस्कृति कल्याण समितिमा नकुल गिरीको अध्यक्षतामा कार्यसमिति चयन

आइतबार, माघ २०, २०८१
मयुर प्लाई
Global Ime Bank

धापाखेल (ललितपुर) ।  ललितपुर महानगरपालिका २४ नं. वडा मा रहेको गिरी समाज तथा सँस्कृति कल्याण समितिले प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । प्रथम वार्षिक साधारणसभा लपुमनपा २४ वडाकी महिला सदस्य ईन्द्रा श्रीष रानाको प्रमुख आतिथ्यमा तथा दशनामी समाजका केन्द्रीय उपाध्यक्ष ध्रुब गिरीको विशेष अतिथिमा सम्पन्न भएको हो ।  गिरी समाजक कल्याण समितिका अध्यक्ष सानो बाबु गिरीको सभापतित्वमा आयोजित प्रथम वार्षिक साधारण सभाले नयाँ कार्य समिति पनि चयन गरेको छ । वार्षिक साधारणसभाले नकुल गिरीलाई अध्यक्षमा चयन गरेको छ । यस्तै सहदेव गिरी उपाध्यक्ष, धनेश गिरी कोषाध्यक्ष, किशोर गिरी सचिव तथा सदस्यहरुमा जनक राज गिरी, सुनिता गिरी, शिव गिरी, क्षितिज गिरी, अभिषेक गिरी, मनोज गिरीलाई चयन भएका छन् । एक सदस्य मनोनित गर्न बाँकी रहेको समितिका सल्लाहकार महेश गिरीले जानकारी दिनुभयो ।  साधारण सभामा समाजको वार्षिक आय व्यय विवरण कोषाध्यक्ष धनेश गिरी पेश गर्नु भएको थियो ।  IMG_3456-1738474517.jpeg
यसअघि वार्षिक साधारण सभाको पानसमा बत्ती बालेर महिला वडा सदस्य इन्द्रा श्रीश रानाले उद्घाटन गर्र्दै जातिय समाजहरु आफ्नो धर्म. संस्कृतिलाई जोगाई राख्न संगठित हुनुपर्नेमा जोड दिँदै नयाँ पुस्तालाई आफ्नो जातिय धार्मिक पहिचानका विषयमा जानकार गराउनु पर्नेमा जोड दिनुभयो । 
कार्यक्रमका विशेष अतिथि दशनामी समाजका केन्द्रीय उपाध्यक्ष ध्रुब गिरीले दशनामी समाजले भवन निर्माणसहितको गतिविधि अघि बढाउँदै आएको जानकारी दिँदै नागदह परिसरमा रहेको गिरी समाजलाई सामाजिक कार्य गर्न थप प्रेरणा मिलिरहोस भन्ने कामना गर्नुभयो । कार्यक्रमका सभापति सानोबाबु गिरीले समाजलाई विधिवत दर्ता गरी सामाजिक कार्यमा क्रियाशील गराउँदै सदस्य संख्या पनि थप गरिएको जानकारी दिनुभयो ।

IMG_3475-1738474530.jpeg
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार